News Griha :: न्यूजगृह
यी हुन् १०० किलो सुन तस्करीमा पक्राउ पर्नेहरू [नामावली]

काठमाडौं— १०० किलो सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले सो प्रकरणमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हाे । 

टोलीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ ।

पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान जारी छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

नामावली

१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)

२. थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)

३. रामकुमार भुजेल (दोलखा)

४. दीलिप भुजेल (दोलखा)

५. हर्कराज राई (भोजपुर)

६. अशोक लामा (ट्याक्सी चालक)

७. राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)

८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)

९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)

१०. राजेन्द्र राई (भन्सार एजेन्ट)

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:२६
Weather Update