News Griha :: न्यूजगृह
सम्मानित भए एसईई उत्तीर्ण विद्यार्थी

काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । 

नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाद्वारा शुक्रबार आयोजित ‘एसईई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसईई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, मनिषाकुमारी साह, समीक्षा दङ्गाल र उद्धव शर्मा सम्मानित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:३७
Weather Update