News Griha :: न्यूजगृह
विराटनगर पुगेर रविले भने— सेटिङ बिना सुन तस्करी सम्भव छैन 

विराटनगर— राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले सेटिङ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने दाबी गरेका छन् ।

विराटनगरमा पत्रकारसँग लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । पूर्वगृहमन्त्रीसमेत रहेका उनले भने, ‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढङ्गको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’

नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।

अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए । वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए । 

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०९:४६
Weather Update