News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : भन्सारका एक्सरे अपरेटर निलम्बित

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् ।

भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमापरिसकेका छन् ।

मोटरसाइकल र स्कुटरको 'ब्रेक शु' भित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पास गरेर बाहिरिएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १२:३१
Weather Update