News Griha :: न्यूजगृह
विमानस्थलबाट १०० किलो सुन बरामद, तीन पक्राउ

काठमाडौं— राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेसनमा १०० किलो सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले उक्त परिणाममा सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

Prabhu Bank

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए ।

उनले सुन हङकङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले धेरै कुराहरू  खुल्ने उनको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:२८
Weather Update