News Griha :: न्यूजगृह
विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

काठमाडौं— सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा परेका छन् । 

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो।  सुनको भन्सार पासमा संलग्न देखिएकाले चन्दलाई निलम्बन गरिएको विभागले जनाएको छ।

निलम्बित नायब सुब्बाको भने नाम खुल्न बाँकी छ।  बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयबाट जाँच पास भएको सुन एक सय केजी सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण यकिन गर्न भने बाँकी छ।   

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:३२
Weather Update