News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल आज इटाली जाँदै 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली जाँदैछन् ।

नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने छन् ।

सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०६:२४
Weather Update