News Griha :: न्यूजगृह
थाहा पाउनुहोस् आगामी तीन दिनको मौसम

काठमाडौं— आगामी मंगलबारसम्म सबै प्रदेशमा वर्षा हुने भएकाे छ । तर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा रहेकाे जनाए । 

न्यून चापीय रेखा मंगलबारसम्म उत्तर (नेपालतर्फ) सर्ने सम्भावना नदेखिएकाले ठूलो वर्षा नहुने उनले बताएका हुन् ।

देशभर यस्तो रहने छ मौसम

साउन ७ गते आइतबार

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साउन ८ गते सोमबार

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

साउन ९ गते मंगलबार

दिउँसो

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

weathersss1690078673.jpg

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०७:५४
Weather Update