News Griha :: न्यूजगृह
अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

काठमाडौं— नेकपा एमाले निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।

अनेरास्ववियुले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि विश्वविद्यालय, क्याम्पसमा तालाबन्दी नगर्ने अध्यक्ष समिक बडालले बताए ।

‘अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्’,उनले भने,‘अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौँ ।’

अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:१९
Weather Update