बालकृष्ण खाणलाई नियोजितरूपमा राज्यले फसायो : कांग्रेस सहमहामन्त्री यादव
काठमाडौं— नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बालकृष्ण खाणलाई राज्यले नियोजितरूपमा फसाएको आरोप लगाएका छन् ।
केन्द्रीय समिति बैठकमा उनले खाणमाथि राज्यले नियोजित रूपमै ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाएको आरोप लगाए ।
‘हाम्रो आदरणीय नेता बालकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने ।
यादवले खाणमाथि अहिले अभियोग मात्र लागेको भन्दै अभियोग लाग्दैमा कारागारमा राखिएको भन्दै आक्रोश पोखे ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १६:४६