कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ हुँदैछ ।
रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको हो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले असार २२ गते सर्वोच्चमा रिट दर्तागराएको थियो ।
सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि एमालेले सर्वोच्चमा रिट निवेदन दायर गरेको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० ११:५४