प्रदेश सरकार
कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

विराटनगर— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शुक्रबार सपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् । त्यस्तै, मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीबाट कमल जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री भएका छन् । उनीहरूको कार्यविभाजन बाँकी रहेकोले विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।
सरकारमा जाने नजाने विषयमा माओवादी केन्द्रले भने निर्णय गरेको छैन । सभामुखलाई सरकारको दाबी पेसमा संलग्न गराएको विषयमा माओवादीमा विवाद देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १०:४३