News Griha :: न्यूजगृह
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य काठमाडौंमा

काठमाडौं—  चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआन च्याच्युन काठमाडौं आइपुगेका छन् ।

श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । उनी तीन दिन काठमाडौंमा रहने छन् । काठमाडौंमा उनले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेट हुने छैन । प्रचण्ड इटाली भ्रमणमा छन् । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:११
Weather Update