सिक्दै,कमाउँदै छन् म्याग्दीका विद्यार्थीबिहीबार, साउन ११, २०८०

सरोकारवाला भन्छन्— विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपमुक्त बनाऔँ बिहीबार, साउन ११, २०८० विश्वविद्यालयलाई नेपालको आवश्यकता र माग अनुसारको जनशक्ति उत्पादन गर्ने गुणस्तरीय शैक्षिक थलो बनाउन राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न आदेश बिहीबार, साउन ११, २०८० न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको हो । सभामुख गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

दार्चुलाको शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, साउन ११, २०८० आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सबइन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो...

आमनागरिकलाई सुसूचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा बिहीबार, साउन ११, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बिहीबार आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाटनमा उनले सूचनाको विषयलाई गम्भीररूपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसूचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् ।

प्राकृतिक यथार्थलाई अस्वीकार गर्न मिल्दैन : पर्यटन मन्त्री किराती बिहीबार, साउन ११, २०८० ‘प्रकृतिलाई स्वीकार गर्न सक्ने, प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखी हुन्छ, हामीले प्रकृतिलाई स्वीकार गर्ने हो भने मात्रै हामी सुखी हुन सक्छौ,’ उनले भने । संविधान मै फरक पहिचान भएकाहरूले ठूलो सङ्घर्षबाट नागरिकताको अधिकार प्राप्त गरेको स्मरण गर्दै उनले सामाजिक परिर्वतन अझै आवश्यक रहेको बताए। उनले आफ्नो वंश निर्माण...
सभामुख घिमिरे भन्छन्— नेपालको उन्नति जलविद्युतबाट नै सम्भव छ बिहीबार, साउन ११, २०८० बिहीवार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसमा उनले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासङ्घले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए ।

सय केजी सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्छ : अर्थमन्त्री बिहीबार, साउन ११, २०८० उनले भने, ‘यो प्रकरणपछि केही कर्मचारीहरू निलम्बन भइसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भइरहेको छ । स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थ मन्त्रलायले पूरा सहयोग गर्छ ।’

सिक्किममा महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने बिहीबार, साउन ११, २०८० श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन् । पीटीआईका अनुसार नयाँ बिदा लागूगर्न सेवा कानुनमा संशोधन गरिनेछ । मातृत्व लाभ अधिनियम अनुसार अहिले महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन् ।
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित बिहीबार, साउन ११, २०८० बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संशोधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुनः पारित गर्नका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सभामा कानुनमन्त्रीले मागे माफी : ६० दिन कटेको विधेयक राष्ट्रिय सभामा टेबल बिहीबार, साउन ११, २०८० बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताए । उनले सामन्तवादका अवशेषहरूको अन्त्यका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए । उनले विधेयकको रूप फेरिए पनि सार नफेरिएको प्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताए ।
राष्ट्रिय सभामा एमाले सांसदले भने—गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैन बिहीबार, साउन ११, २०८० बिहीबारको राष्ट्रिय सभा बैठकमा नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने कुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए । उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणाममा सुन तस्करी हुनै नसक्ने दाबी गरे ।
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबल : बैठक आधा घण्टाका लागि स्थगित बिहीबार, साउन ११, २०८० बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।









