News Griha :: न्यूजगृह
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबल : बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं—  राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ टेबल भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।  

राष्ट्रिय सभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ । सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:०४
Weather Update