
काठमाडौं— संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री सुदन किरातीले फरक पहिचान भएकाहरूलाई अझै पनि समाजले स्वीकार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित फरक पहिचान भएकाहरूका लागि आयोजित ट्रेकिङ गाइड प्रशिक्षण तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री किरातीले, प्राकृतिक यथार्थलाई स्वीकार गर्न नसक्ने समाज खुसी हुन नसक्ने बताए ।
‘प्रकृतिलाई स्वीकार गर्न सक्ने, प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखी हुन्छ, हामीले प्रकृतिलाई स्वीकार गर्ने हो भने मात्रै हामी सुखी हुन सक्छौ,’ उनले भने । संविधान मै फरक पहिचान भएकाहरूले ठूलो सङ्घर्षबाट नागरिकताको अधिकार प्राप्त गरेको स्मरण गर्दै उनले सामाजिक परिर्वतन अझै आवश्यक रहेको बताए। उनले आफ्नो वंश निर्माण गर्न नसक्ने यो समुदायलाई सजाय नभई सहयोगको आवश्यकता हुने भन्दै त्यसका लागि आम नागरिकको ध्यानाकर्षण गराए ।
‘यो समुदायको वंश हुँदैन । सजाय होइन सहयोगको आवश्यक हुन्छ । तपाईँहरूसँग सरकार सधैँ हुन्छ तपाईँहरूले आफ्नो समुदायमा आफूले सिकेको ज्ञानलाई यो समाजमा दिदैँ जानु,’ उनले भने ।