सिक्किममा महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने

काठमाडौं— भारतीय राज्य सिक्किमले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने भएको छ ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन् ।
श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले पनि एक महिना बिदा पाउने छन् । पीटीआईका अनुसार नयाँ बिदा लागूगर्न सेवा कानुनमा संशोधन गरिनेछ । मातृत्व लाभ अधिनियम अनुसार अहिले महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन् ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १२:५४