साउन २९ गतेभित्र आवश्यक कागजात पेस गर्न विद्यालयलाई पत्रशुक्रबार, साउन १२, २०८०

डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परिमार्जित पाठ्यक्रम लागु गर्न सीटीईभीटीको निर्देशन शुक्रबार, साउन १२, २०८० प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा परिमार्जित पाठ्यक्रम लागु गर्न निर्देशन दिएको छ ।

शिक्षा ऐनमार्फत माग सम्बोधन नभए राहत शिक्षकले आन्दोलन गर्ने शुक्रबार, साउन १२, २०८० नेपाल राहत शिक्षक केन्द्रीय समितिले मन्त्रिपरिषद्मा रहेको संघीय शिक्षा ऐनमा आफूहरुका माग सम्बोधन नभए आन्दोलन गर्ने बताएको छ ।

आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति शुक्रबार, साउन १२, २०८० कोरिया रिटर्नी समूहले कार्यालयमा पेश गरेका मागहरूलाई श्रम मन्त्रालय मार्फत कूटनैतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ । कोरिया रिटर्नीहरूले कोरिया पठाउने क्रममा आफूहरूलाई अन्याय भएको भन्दै आन्दोलन गर्दै आएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कमिटेड (प्रतिबद्ध) मा छानिएका कामदारहरूले ईपीएस कार्यालयमा प्रदर्शन गर्दै...

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश— पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु शुक्रबार, साउन १२, २०८० पीडित बालकका बुबा ध्रुवकुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । सोही राति शम्भु बिक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका...

वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : गणेशप्रसाद तिमिल्सिना शुक्रबार, साउन १२, २०८० ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले आफूहरू र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए । नेपाल स्वर्ग जस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी...

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण शुक्रबार, साउन १२, २०८० राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । सो विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको थियो ।

कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा किसान सञ्जालको धर्ना शुक्रबार, साउन १२, २०८० राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरूको आयोजना गरेको बताए ।

कानुन व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, साउन १२, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही दिनअघि नै पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका छन् ।

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड शुक्रबार, साउन १२, २०८० प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।साउन ६ गते इटाली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित...
नेपाल रेडक्रसका विसङ्गति हटाउनु पर्छ ; मन्त्री बस्नेत शुक्रबार, साउन १२, २०८० ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले देशमा आउने विभिन्न सङ्कटमा रेडक्रसले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । ‘देशमा समस्या परेको समयमा रेडक्रस जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ ।

राष्ट्रपति पौडेलले गरे पाटन दरबार क्षेत्रको अवलोकन शुक्रबार, साउन १२, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।

रामेछापमा लम्पी स्किन रोगबाट ३८१ चौपाया मरे,२१ हजार संक्रमित शुक्रबार, साउन १२, २०८० रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् ।









