News Griha :: न्यूजगृह
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
तस्बिर : राष्ट्रपति कार्यालय ।

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकीसंहिता)  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।  सो विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:१५
Weather Update