डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परिमार्जित पाठ्यक्रम लागु गर्न सीटीईभीटीको निर्देशन

काठमाडौं— प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा परिमार्जित पाठ्यक्रम लागु गर्न निर्देशन दिएको छ ।
परिषद्को पाठ्यक्रम समितिकोनिर्णय अनुसार स्वीकृत भई चालु शैक्षिक सत्रबाट परिमार्जित पाठ्यक्रम लागु गर्ने निर्णय भएकोले परिमार्जित पाठ्यक्रम लागु गर्न निर्देशन दिएको हो ।
परिषद्ले साझेदारी, टीईसीएस एवम् सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा अनिवार्य रूपमा चालु शैक्षिक सत्रदेखि लागु गर्न गराउन निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०८०/८१ मा भर्ना भएका डिप्लोमा इन फुड एण्ड टेक्नोलोजि,रिभाइज्ड २०२३, प्रि–डिप्लोमा इन इलेक्ट्रोनिक्स, रिभाइज्ड, २०२३ प्रयोग गर्न पनि निर्देशन दिएको छ ।
यस्तो छ सूचना

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १७:२१













