News Griha :: न्यूजगृह
नेपाल रेडक्रसका विसङ्गति हटाउनु पर्छ ; मन्त्री बस्नेत 

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल रेडक्रसमा विसङ्गतिहरू मौलाउँदै गएको गुनासो गरेका छन् ।

५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले देशमा आउने विभिन्न सङ्कटमा रेडक्रसले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।  ‘देशमा समस्या परेको समयमा रेडक्रस जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ ।

यसमा भएका केही विसङ्गतिहरूलाई न्यूनीकरण गर्दै जानुपर्छ,’ मन्त्री बस्नेतले भने, ‘काम जति पवित्र भयो त्यहाँ त्यति नै गुनासाहरू हुन्छन्, त्यति हुदा पनि रेडक्रसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।’ 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:१५
Weather Update