स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
साउन ६ गते इटाली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १०:३३













