News Griha :: न्यूजगृह
कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा किसान सञ्जालको धर्ना

काठमाडौं— राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरूको आयोजना गरेको बताए ।

kisan kalimati andolan21690534181.png

उनले बजारमा सबैको समान पहुँच र व्यवहार हुनुपर्ने भन्दै त्यसको लागि करारको व्यवस्था हटाएर खुला प्रतिष्पर्धाको बजार बनाउनु पर्ने माग गरे ।  भने, ‘किसानले उत्पादन गरेको फलफूल यो बजारमा सबैले बेच्न पाउनु पर्छ सबैको समान पहुँच हुनुपर्छ समान व्यवहार हुनुपर्छ । यहाँ गत केही वर्षदेखि १५/१५ वर्ष करारमा दिने व्यवस्था गरिएको थियो, त्यो व्यवस्था हटाएर खुला प्रतिष्पर्धाको बजार होस् जुन बजारले किसानहरूको पनि हित होस् र उपभोक्ता पनि ठगीमा नपरोस् भनेर नै हामी आज यहाँ आएका हौ । आज हामीले सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र कार्यक्रमहरू गरेका छौ । ’ 

kisan andolan kalimati21690534179.png
कालीमाटी तरकारी तथा फलफूल बजार देशको केन्द्रीय कृषि बजार भएपनि यहाँ विभिन्न किसिमको विकृतिहरू देखा परेको पनि सञ्जालको ठहर छ । कालीमाटी बजारका सटर र स्टलहरू खुला प्रतिष्पर्धा मार्फत भाडामा लगाइयोस्, बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर, ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई छुट्याइयोस्, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर भन्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

kisan andolan1690534179.png

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:३२
Weather Update