शिक्षा ऐनमार्फत माग सम्बोधन नभए राहत शिक्षकले आन्दोलन गर्ने

काठमाडौं— नेपाल राहत शिक्षक केन्द्रीय समितिले मन्त्रिपरिषद्मा रहेको संघीय शिक्षा ऐनमा आफूहरुका माग सम्बोधन नभए आन्दोलन गर्ने बताएको छ ।
बिहीबार साँझ खेमराज अधिकारीको अध्यक्षतामा बसेको आन्दोलन परिचालन समितिको बैठकले सरोकारवालासँग छलफल नै नगरी शिक्षा ऐन ल्याउन लागिएकाले र आफूहरुका माग सम्बोधन नभए आन्दोलन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंद्वारा हस्तक्षरित निर्णय पत्र जिल्ला, पालिका र प्रदेश अध्यक्षलाई पठाइएको छ । पत्रमा सुरुमा माग पूरा गराउन लबिङ गर्ने निर्णय भएको जनाइएको छ ।
त्यसैगरी यही साउन १९ र २० गतेका लागि तोकिएको केन्द्रीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन स्थगित गरिएको बताइएकाे छ ।
पत्र यस्तो छ

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १७:०७













