News Griha :: न्यूजगृह
कानुन व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं—  जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानुन व्यवसायी भगवती पाण्डे 'शीतल' विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही दिनअघि नै पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध चार दिनअघि तामाङ, मगर समुदायका व्यक्ति तथा संस्था, समूहले जाहेरी दिएका छन् ।

पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:५०
Weather Update