News Griha :: न्यूजगृह
साउन २९ गतेभित्र आवश्यक कागजात पेस गर्न विद्यालयलाई पत्र

काठमाडौं— बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई पत्र पठाउँदै साउन २९ गतेभित्र कागजात पेस गर्न पत्र पठाएको छ ।

कतिपय विद्यालयले विद्यार्थीलाई पोशाक वितरण नगरेको हुँदा यथाशीघ्र वितरण गरी सो को बिल, भर्पाई, वितरण गरेको फोटो, विद्यालय व्यवस्थापन समितिको निर्णय तथा अन्य आवश्यक कागजात पेस गर्न उपमहानगरभित्रका विद्यालयलाई अनुरोध गरिएको छ ।

तोकिएको समयमा पोशाक वितरण नगर्ने विद्यालयको हकमा निकासा भएको रकम असुलउपर हुने उपमहानगरले जनाएको छ ।

simara edu1690545344.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:४०
Weather Update