News Griha :: न्यूजगृह

काठमाडौं—  अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणको अनुसन्धानमा  राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् । 

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणमा मेसिनको वा व्यक्तिको संलग्नता हो भन्ने छानबिन समितिले अनुसन्धान गरिरहेको भन्दै यसमा राज्य र अर्थमन्त्रीको सम्पूर्ण सहयोग रहने बताएका हुन् ।  

Artha Mantri tia1690444370.png

उनले भने, ‘यो प्रकरणपछि केही कर्मचारीहरू निलम्बन भइसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भइरहेको छ । स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थ मन्त्रलायले पूरा सहयोग गर्छ ।’ 

उनले अपराध गर्ने व्यक्तिहरूले नयाँ नयाँ प्रविधिहरू प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरूलाई पनि समयानुकूल अपग्रेड गर्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘अपराध गर्ने मनसाय भएका र तस्करी गर्ने व्यक्तिले नयाँ नयाँ प्रविधिको प्रयोग गर्छन त्यसैले हाम्रो प्रविधिलाई त्यही अनुसार अपग्रेड गर्नुपर्छ ।’ 

prakash sharan mahat tia1690444372.png

राज्यका बिभिन्न जिम्मेवार निकायहरूबीच समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैरकानूनी गतिविधिहरू रोक्न सकिने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १३:३७
Weather Update