आमनागरिकलाई सुसूचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सुसूचित गर्ने दायित्व सरकारको भएको बताएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बिहीबार आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाटनमा उनले सूचनाको विषयलाई गम्भीररूपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसूचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् ।
‘कतिपय अवस्थामा तथ्याङ्कको अभाव हुँदा पनि मूलभूतरूपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिपोटिङ्मा जान्छ र सबैलाई जानकारी हुन्छ ।’
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १४:५६