News Griha :: न्यूजगृह
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित

काठमाडौं—  मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संशोधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुनः पारित गर्नका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार बस्ने गरी स्थगित भएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:४२
Weather Update