मौसम : आइतबार पनि देशैभर वर्षाको सम्भावनाआइतबार, साउन २८, २०८०

आजदेखि शिक्षक महासंघको आन्दोलन, पहिलो चरणमा सबै पालिकामा धर्ना आइतबार, साउन २८, २०८० आजदेखि नेपाल शिक्षक महासंघको आन्दोलन सुरु हुने भएको छ । महासंघले पहिलो चरणमा ७५३ वटै पालिकामा धर्ना दिने छ । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ...

युवासङ्घको कञ्चनपुर अधिवेशनमा कुटपिट, वडाध्यक्ष घाइते शनिबार, साउन २७, २०८० शनिबार दिउँसो भएको विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् ।अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो शनिबार, साउन २७, २०८० आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐनापहरामा पहिरो झरेपछि शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

जुम्लाका स्वतन्त्र सांसद शाही कांग्रेसमा फर्किए, टिकट नपाएका कारण विद्रोह गरेको भनाई शनिबार, साउन २७, २०८० सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर कांग्रेसमा फर्किएको बताएका हुन् । शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए ।

अमेरिकाको पर्यटकीय माउ टापुमा डढेलोका कारण ६७ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित शनिबार, साउन २७, २०८० दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली शनिबार, साउन २७, २०८० ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धनका लागि र्याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एअरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी सम्पन्न भएको थियो ।

पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार शनिबार, साउन २७, २०८० २०७८ फागुन १ देखि लागू हुनेगरि प्रदेश सरकारले भाडादर समायोजन गरे पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो ।

श्रमिकको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग शनिबार, साउन २७, २०८० सरकारको श्रमिक नीतिमा रहेको समस्याका कारण प्रत्येक वर्ष साढे सात लाख श्रमिक रोजगारीका लागि विदेशिनु परेको उल्लेख गर्दै उनले अवैधानिक पुँजीलाई प्रश्रय दिनु र वैधानिक पुँजीलाई निरुत्साहित गरिनुले समृद्धि हासिल नहुने बताए ।

एकै वर्षमा ५० हजार अमेरिकी नागरिकले गरे आत्महत्या शनिबार, साउन २७, २०८० सन् २०२२ मा ४९ हजार ४४९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । प्रत्येक एक लाख मानिसमा लगभग १५ जनाको मृत्यु आत्महत्याबाट हुने गरेको सीएनएनले बिहीबार डाटालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सय किलो सुन प्रकरणमा ओलीको आक्रोश : आफैले छानबिन गर्छु भन्नु रहस्य शनिबार, साउन २७, २०८० शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने ‘सुन प्रकरणको छानबिन किन आफैं गर्छु भन्नुहुन्छ ? यसको अर्थ र रहस्य गम्भीर छ, यो यतिकै छानबिन गर्न नदिएको हैन नि ?’

राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : शेखर कोइराला शनिबार, साउन २७, २०८० कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कांग्रेस भक्तपुर २ का सभापति ओम श्रेष्ठलगायतले कांग्रेसले जनतासँग भिज्दै विकासको लहर ल्याउनु पर्ने तथा पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए...

खाद्य कम्पनीमा चामल आउन छाड्यो, स्टिम जिरा मात्रै मौज्दात शनिबार, साउन २७, २०८० रुकुम (पश्चिम) शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । ‘बजारको तुलनामा खाद्यमा चामल केही सास्तो पाइन्छ, यहाँबाट किन्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म फरक पर्छ,’ शाखा प्रमुख विनोद चन्दले भने, ‘अहिले खाद्यमा भनेजति चामल छैन, स्टिम जिरा मात्रै मौज्दात छ ।’









