News Griha :: न्यूजगृह
मौसम : आइतबार पनि देशैभर वर्षाको सम्भावना

काठमाडौं— देशभर निरन्तर वर्षा भइरहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको महाशाखाको भनाइ छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०६:२१
Weather Update