संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग
आजदेखि शिक्षक महासंघको आन्दोलन, पहिलो चरणमा सबै पालिकामा धर्ना

काठमाडौं— आजदेखि नेपाल शिक्षक महासंघको आन्दोलन सुरु हुने भएको छ । महासंघले पहिलो चरणमा ७५३ वटै पालिकामा धर्ना दिने छ ।
सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ ।
आजदेखि सुरु हुने आन्दोलनमा सम्बन्धित पालिकाका शिक्षक तथा कर्मचारी पालिका कार्यालयमा उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने महासंघले जनाएको छ ।
धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिकासमक्ष पेस गरिनेछ । कार्यक्रमको संयोजन महासंघ र आबद्ध संस्थाका पालिका समितिले गर्ने महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ०६:१२













