News Griha :: न्यूजगृह
विश्व हात्ती दिवसमा हात्तीलाई खुवाइयो वनभोज
विश्व हात्ती दिवसमा हात्तीलाई खुवाइयो वनभोज १२ औँ विश्व हात्ती दिवसको अवसरमा चितवनमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाएर सम्पन्न गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । 
वर्षासँगै पहिरोले बन्द सडक खुलाउन समस्या
वर्षासँगै पहिरोले बन्द सडक खुलाउन समस्या शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।उनका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने उनले...
माछा मार्न गएका युवक सेतीमा बेपत्ता
माछा मार्न गएका युवक सेतीमा बेपत्ता कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
युवा पुस्तामा नेपाल छाड्ने होड चलेको छ : गगन थापा
युवा पुस्तामा नेपाल छाड्ने होड चलेको छ : गगन थापा शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौं जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरूमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए । 
सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण
सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पी स्कीन’रोग नियन्त्रणमा राहत, प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गरे । उनले किसानलाई प्राङ्गारिक मलको फाइदाबारे जानकारी दिनु पर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन थर्न सके रासायनिक मलको प्रयोगमा रोकथाम हुने बताए । 
उपचारपछि फर्किने क्रममा ढुङ्गा लागेर घाइते प्रहरीका मृत्यु
उपचारपछि फर्किने क्रममा ढुङ्गा लागेर घाइते प्रहरीका मृत्यु ‘बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनु भएको थियो,’ उनले भने, ‘हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनः घाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्‍याइएको थियो ।’ 
सूचना माग्दै समुदाय जागरण अभियान सुरु
सूचना माग्दै समुदाय जागरण अभियान सुरु गत असार ३१ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम शनिबार घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै  अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए । 
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ताबेँडाँडा
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ताबेँडाँडा उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा पर्ने ताबेँडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक काम सुरु गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अहिले सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्छ्योर्तेन गुम्बालगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।
उत्पादित अङ्गुर नगरपालिकाले किन्ने भएपछि किसानलाई राहत
उत्पादित अङ्गुर नगरपालिकाले किन्ने भएपछि किसानलाई राहत त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए । 
पश्चिम भारतमा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु
पश्चिम भारतमा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु घटनामा अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवहाक गाडी  रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो ।
विद्यार्थीमा प्राविधिक विषयको रुची हुनु सुखद हो : बालेन साह  
विद्यार्थीमा प्राविधिक विषयको रुची हुनु सुखद हो : बालेन साह   सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम वौद्धिकता–आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरु सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले बताए ।
स्वच्छ वातावरण बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत
स्वच्छ वातावरण बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारी साधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युतीकरण गर्नु पर्ने बताएका हुन् ।
Weather Update