विश्व हात्ती दिवसमा हात्तीलाई खुवाइयो वनभोज

काठमाडौं— चितवनको सौराहामा आज विश्व हात्ती दिवसको अवसरमा ६५ वटा हात्तीको वनभोज खुवाएर सम्पन्न गरिएको छ ।
१२ औँ विश्व हात्ती दिवसको अवसरमा चितवनमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाएर सम्पन्न गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
वनभोजमा चामल र भेलीको खिर र केकसहित उखु, सख्खर, चना, फर्सीलगायत खुवाइएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १६:३१













