प्रधानमन्त्रीले भने : बुढीगण्डकी जलविद्युतको शिलान्याश छिट्टै हुन्छ सोमबार, साउन २९, २०८०

ललिता निवासबारे बोल्दै माधव नेपालले भने : म भाग्ने मान्छे होइन् सोमबार, साउन २९, २०८० सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । युरोप भ्रमणमा गएका अध्यक्ष नेपाल सोमबार बिहान स्वदेश फर्किएका हुन् । सर्वोच्च अदालतबाट ललिता निवासको छानबिन गर्न आदेश आएको भोलिपल्टै अध्यक्ष नेपाल टर्किस एअरलाइन्सनबाट युरोप भ्रमणमा गएका थिए ।

स्थानीय तहका कर्मचारी आन्दोलित सोमबार, साउन २९, २०८० सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् ।

सप्तकोशीमा पानीको बहाब यसवर्षकै उच्च मापन, ५६ वटै ढोका खोलियो सोमबार, साउन २९, २०८० ३४ वर्षपछि यसवर्ष कोशीमा पानीको बहाब उच्च देखिएको हो । पानीको बहाब उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

महाकालीमा जलसतह बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन सञ्चालनमा रोक सोमबार, साउन २९, २०८० महाकाली नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जलसतह बढेको जनाएको छ ।

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, पहिरो पन्छाइँदै सोमबार, साउन २९, २०८० पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिँदै जनमतकी अनितादेवी सोमबार, साउन २९, २०८० जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिँदैछिन् ।

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो सोमबार, साउन २९, २०८० प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए ।

यी प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना सोमबार, साउन २९, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो छ शिक्षक महासंघले देशभर आन्दोलन गर्नुको कारण सोमबार, साउन २९, २०८० सरकारबाट संघीय संसदमा पेस गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन नेपाल शिक्षक महासंघले देशभर आन्दोलन सुरु गरेको छ ।

नारायणीको जलसतह अझै सतर्कता तहमाथि सोमबार, साउन २९, २०८० नारायणी नदीको जलसतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।

सोमबारको मौसम : धेरै स्थानमा भारी वर्षाको,बाढीपहिरोको उच्च जोखिम सोमबार, साउन २९, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने बताएको छ । महाशाखाको भनाइमा बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो । साेमबार बिहान देशभर पूर्णतया...

काभ्रेमा सडक भासिएर पुरिएकी महिलाको उद्धार सोमबार, साउन २९, २०८० काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएकी एक ३० वर्षीया महिलाको उद्धार गरिएको छ ।









