रवि लामिछानेले भने : संसद हाइज्याक भयोसोमबार, साउन २९, २०८०

सांसद सुनिल शर्माले मागे गृहमन्त्रीको राजीनामा सोमबार, साउन २९, २०८० सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने माग राखेका थिए । उनले गृहमन्त्रीले राजीनामा नदिए संसदमै अनसन बस्ने चेतावनी दिए ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह सोमबार, साउन २९, २०८० यसैगरी, महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।

जमिन भासिन थालेपछि खाली गराइँदै गाउँ, सुरक्षित स्थानको खोजीमा बासिन्दा सोमबार, साउन २९, २०८० बस्तीमाथिको जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सीधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।

बरामद एक क्विन्टल सुन पगाल्न सुरु सोमबार, साउन २९, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन पगालेर जोख्न सुरु भएको छ । विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया सुरू गर्न लागेको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजदेखि सुन पगालेर जोख्न सुरु गरिएको जानकारी दिए ।

गोरखामा भेटिएको टल्किने ढुङ्गा भगवती शिलाका रुपमा गोरखामै राख्ने निर्णय सोमबार, साउन २९, २०८० अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्व कालदेखि कूल देवता मानेर पूजा गर्दै आएका थिए । सोही कारण गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जानकारी दिइन् । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ भन्दा...

नौ किलो सुन प्रकरणमा मुछिएका पूर्वसभामुखका छोराले भने: कोहीसँग सम्पर्क हुँदैमा आपराधि भन्नु गलत सोमबार, साउन २९, २०८० महराका छोरा राहुलले पुष्टि नभएको विषयमा आरोप लगाएर चरित्र हत्या गर्ने काम भएको आरोप लगाउँदै आपत्ति खण्डन गरेका हुन् । सञ्चार माध्याममा आइरहेका आरोपप्रति आपत्ति जनाउँदै पुष्टि नभएको बताएका उनले आफ्नो राजनीतिक जीवन सिध्याउन खोजेको बताए ।

सप्तकोशीका सबै ढोका खुला, अहिलेसम्म पानीको बहाव उच्च सोमबार, साउन २९, २०८० कोशीको पानी अझै ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव चार लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ । बिहानको समयमा पानीको बहाव चार लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो । बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ ।

पहिरोले देशभरका यी राजमार्गहरू अवरुद्ध सोमबार, साउन २९, २०८० प्रहरी प्रधान कार्यालयका अनुसार वर्षासँगै पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व)का विभिन्न नौ स्थानका सडक अवरुद्ध भएको हो । पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ सडक खण्ड अवरुद्ध भएको हो ।

कागबेनीमा बाढी: २० घर बगायो, थप क्षतिको संकलन सुरु सोमबार, साउन २९, २०८० एराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा प्रहरी चौकी भवनसहित २० वटा घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोले थुनिएपछि आएको बाढीले कागबेनीमा ठूलो भौतिक क्षति भएको हो । प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुर्याएको छ ।

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन सोमबार, साउन २९, २०८० प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करजस्ता विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । प्रधानमन्त्रीले निर्माण व्यवसायीले उठाएका मागको सम्बन्धमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशनसमेत दिएको प्रवक्ता भट्टले जानकारी दिए ।

कमर्स क्याम्पसका ६३ विद्यार्थी परीक्षा दिनबाट बञ्चित, त्रुटी कसको ? सोमबार, साउन २९, २०८० सोमबारबाट बीबीएस दोस्रो वर्षको परीक्षा सुरु भएको छ । तर उनीहरू परीक्षामा सहभागि हुन पाएनन् । कारण ६३ जना विद्यार्थीको परीक्षा फारम क्याम्पस मै छ । परीक्षा फारम त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाएपछि मात्र प्रवेशपत्र आउँछ ।

प्रदर्शनी र मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन जाँदै सोमबार, साउन २९, २०८० चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदै छ । उपराष्ट्रपति यादव सोमबार अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्ने कार्य तालिका रहेको छ ।









