यी प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/ दुई स्थानहरुमा मेघगर्जन,चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।@NDRRMA_Nepal
— Nepal Weather Forecast (@DHM_Weather) August 14, 2023
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० ०७:२९













