News Griha :: न्यूजगृह
सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, दबाब र प्रभाव रोकिने
सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, दबाब र प्रभाव रोकिने तालिमपश्चात पास ‘आउट’ भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै, ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन् । मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको...
दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्यो
दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्यो गत आर्थिक वर्ष अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए । चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दा ३६ दशमलव ३६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा दर्ता भएका २०५ मुद्दामध्ये ५१ वटा सम्बन्धविच्छेदसम्बन्धी रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए ।
वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई–तीन दिन वर्षा धेरै हुने देखिँदैन । ‘मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन,’ उनले भने, ‘शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ ।’
काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस
काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा दिएको सन्देश...
भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न, हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने
भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न, हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको उक्त प्रसारण लाइन निर्माणमा लामो समयदेखि समस्यामा रहँदै आएको थियो । चितवनको भरतपुर महानगर–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर लम्बाइको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । 
मौसम सुधारसँगै चार दिनपछि मनाङ जाने सडक खुल्यो
मौसम सुधारसँगै चार दिनपछि मनाङ जाने सडक खुल्यो मौसममा सुधार भएसँगै हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र सडक सञ्चालन भएको छ । अविरल वर्षासँगै चार दिनदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुरु भएको हो । सडकमा आवतजावत ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्ग दर्शक (गाइड), कर्मचारी बीच बाटोमै अलपत्रमा परेका...
मुगु जीप दुर्घटनामा थप एक जनाको मृत्यु, यी हुन् मृत्यु हुनेहरू
मुगु जीप दुर्घटनामा थप एक जनाको मृत्यु, यी हुन् मृत्यु हुनेहरू घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ । 
प्रधानमन्त्रीलाई कर्णालीबासीको आग्रह : ‘अपरेशन आवर’को निर्णय खारेज गरिदिनु
प्रधानमन्त्रीलाई कर्णालीबासीको आग्रह : ‘अपरेशन आवर’को निर्णय खारेज गरिदिनु कर्णालीका विभिन्न जिल्लासहित देशका दुर्गम जिल्लाहरूमा अहिले हवाई उडान ठप्प छ । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन् । प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । विमान कुर्दा हुम्लामा हालसम्म...
स्कुल हिँडेका तीन बालिका हराएपछि...
स्कुल हिँडेका तीन बालिका हराएपछि... घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका बालिका हराएपछि परिवारले खोजी गर्न हारगुहार गरेका छन् । पोखरा महानगर २ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म फेला...
काठमाडौं महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन पाउने
काठमाडौं महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन पाउने महानगरले सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो । पहिलो चरणको सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । भदौ ३ गते दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन...
झोलुङ्गे पुलमा क्षति पुगेपछि चार घण्टा हिँड्न बाध्य विद्यार्थी
झोलुङ्गे पुलमा क्षति पुगेपछि चार घण्टा हिँड्न बाध्य विद्यार्थी किसालने उत्पादित तरकारी बजारसम्म पुर्याउन पाएका छैनन् । नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय जान पाएनन् । गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी यी दुई पुलमा क्षति पुगपछि मुख्य सडकसम्म ल्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवनलगायतका क्षेत्रमा बिक्री गरिँदै आएको छ...
Weather Update