News Griha :: न्यूजगृह
सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु परम्पराअनुसार उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । 
शिक्षा विधेयकमा यस्तो छ ईसीडी शिक्षकको पारिश्रमिक र सुविधासम्बन्धी व्यवस्था
शिक्षा विधेयकमा यस्तो छ ईसीडी शिक्षकको पारिश्रमिक र सुविधासम्बन्धी व्यवस्था प्रस्तावित शिक्षा ऐनमा सामुदायिक विद्यालयमा रहेको प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत सहजकर्ता (ईसीडी शिक्षक) को पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी व्यवस्था स्थानीय कानुनबमोजिम हुने उल्लेख छ ।
प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए नेम्वाङप्रति श्रद्धाञ्जली
प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए नेम्वाङप्रति श्रद्धाञ्जली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जी व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरे । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
 ‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’
 ‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’ कुश एक किसिमको वनस्पती  हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ । कुश घरमा भित्र्याउँदा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहितले बताए ।
सुवास नेम्वाङको शव यात्रा सुरु
सुवास नेम्वाङको शव यात्रा सुरु हृदयघातबाट मंगलबार बिहान निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । अहिले नेम्वाङको शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ ।
प्रस्तावित शिक्षा ऐन : विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रदै शिक्षक महासंघ 
प्रस्तावित शिक्षा ऐन : विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रदै शिक्षक महासंघ  नेपाल शिक्षक महासंघले प्रस्तावित शिक्षा ऐन (शिक्षा विधेयक) को विरोधमा काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ । बुधबार महासंघले एक विज्ञप्ति जारी गरी सो विधेयकको विरोधमा देशभरका सबै विद्यालय ठप्प पारी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।
धादिङमा विद्यार्थीलाई सडकमै ट्राफिक शिक्षा
धादिङमा विद्यार्थीलाई सडकमै ट्राफिक शिक्षा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले विद्यार्थीलाई ट्राफिक शिक्षा दिन सुरु गरेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।
प्रस्तावित शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरबन्दीबारे के भनिएको छ ?
प्रस्तावित शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरबन्दीबारे के भनिएको छ ? प्रस्तावित संघीय शिक्षा ऐन (शिक्षा विधेयक) संघीय संसद् सचिवालयमा दर्ता भइसकेको छ ।
काठमाडौंका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौंका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह काठमाडौंका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा र नदी किनारको सडकबाट यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिनसम्म विद्युत् प्रसारण अवरुद्ध हुने 
काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिनसम्म विद्युत् प्रसारण अवरुद्ध हुने  नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । बिहीबार एक सूचनामार्फत प्राधिकरणले काठमाडौंका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।
डडेल्धुरामा अटोरिक्सा दुर्घटना, दुई जनाको मृत्यु 
डडेल्धुरामा अटोरिक्सा दुर्घटना, दुई जनाको मृत्यु  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताए । 
नेम्वाङको शवयात्राको तयारी, यस्तो छ रुट
नेम्वाङको शवयात्राको तयारी, यस्तो छ रुट नेकपा एमालेले शवयात्राको रुट तय गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ ।  
Weather Update