सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : थुनछेक बहस सुरुबुधबार, भदौ २७, २०८०

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो बुधबार, भदौ २७, २०८० नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

ढाकाकुमार श्रेष्ठलाई रास्वपाले भन्यो— मन्त्री बनाउन पैसा मागेको प्रमाण दिनुस्, ७२ घण्टाभित्र कारबाही गर्छौं बुधबार, भदौ २७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.ढाकाकुमार श्रेष्ठले वा अरू कसैले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको प्रमाण दिए ७२ घण्टाभित्र कारबाही गर्ने बताएको छ ।

टेलिकमको नेटवर्कमा समस्या बुधबार, भदौ २७, २०८० नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा समस्या आएको हो ।

उत्तर कोरियाले गर्यो छोटो दूरीका दुई मिसाइल प्रहार बुधबार, भदौ २७, २०८० उत्तर कोरियाले छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेकाे छ । उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेलगत्तै कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते बुधबार, भदौ २७, २०८० रामेछापको सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । रामेछापकै दोरम्बा शैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेकोको हो ।

काठमाडौं आइपुगे सुवास नेम्वाङका छोरा बुधबार, भदौ २७, २०८० संविधान सभा अध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगेका छन् ।

साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ बुधबार, भदौ २७, २०८० घुस रकमसहित एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

बालविकास केन्द्रको विवरण पठाउन सबै इकाईलाई पत्राचार बुधबार, भदौ २७, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास केन्द्रको संख्याको विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई पत्राचार गरेको छ ।

तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ बुधबार, भदौ २७, २०८० जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य ५६ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ पुगेको छ ।

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट बुधबार, भदौ २७, २०८० किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ बुधबारदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नेछन् ।

लिबियामा विनाशकारी बाढी : २३ सयको मृत्यु बुधबार, भदौ २७, २०८० लिबियामा आएको विनाशकारी बाढीले गरेको विनाशबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्।

फुटबलप्रेमी थिए सुवास नेम्वाङ बुधबार, भदौ २७, २०८० माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले। पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे। पार्टी र राजकीय कामको चटारोमा पनि उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे।









