News Griha :: न्यूजगृह
भक्तपुरबाट पठाइएका बाल कैदीले उत्पात मच्चाएपछि वीरगन्जको बाल सुधार गृह तनावग्रस्त
भक्तपुरबाट पठाइएका बाल कैदीले उत्पात मच्चाएपछि वीरगन्जको बाल सुधार गृह तनावग्रस्त पर्साको वीरगन्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथिसमेत ढुङ्गामुढा गरेका हुन् । मंगलबार राति करिब ८ बजे बाल गृहमा रहेका बाल कैदीबन्दीबीच आपसी विवाद भएको थियो । विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुङ्गामुढा सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्‍यो...
धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ
धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घर तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी बिपिन गौतमले घटनामा संलग्न एक जनालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए पनि उनको नाम भने सार्वजनिक गर्न मानेनन् ।
मौसम : आज कहाँ–कहाँ छ वर्षाको सम्भावना?
मौसम : आज कहाँ–कहाँ छ वर्षाको सम्भावना? साथै नेपालमा हाल भारतको दक्षिणपश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेका भारत बहराइचका ३० वर्षीय इस्तियाक अहमदलाई मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरीके सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ।
सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा
सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । बिहीबार सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
विद्यालय शिक्षा विधेयकय : एसईई नगर्ने प्रस्ताव
विद्यालय शिक्षा विधेयकय : एसईई नगर्ने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ । १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनमा सामान्य संशोधन...
सुवास नेम्वाङको पार्थिव शरीर भोलि बालुवाटारस्थित निवासमा राखिने
सुवास नेम्वाङको पार्थिव शरीर भोलि बालुवाटारस्थित निवासमा राखिने संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिने भएको छ। बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडाः एमाले
नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडाः एमाले कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले शोक वक्तव्य जारी गर्दै नेम्वाङको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन् ।
गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता नेम्वाङ 
गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता नेम्वाङ  उनीहरूले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा नेम्वाङले खेलेको भूमिकाको स्मरण गर्नसमेत भुलेनन् । श्रद्धाञ्जली दिन पुग्नेको लाइन र घुइँचो देख्दा लाग्थ्यो नेम्वाङ कुनै एक पार्टीको मात्र नभई मुलुककै साझा नेता थिए । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प...
सुवास नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति : माधव नेपाल
सुवास नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले लोकतन्त्र, कम्युनिस्ट र परिर्वतनको आन्दोलनमा ठूलो क्षति भएको बताएका छन् ।
सुवास नेम्वाङ सबै पार्टीको नेता हुनुहुन्थ्यो : गगन थापा 
सुवास नेम्वाङ सबै पार्टीको नेता हुनुहुन्थ्यो : गगन थापा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महसुस गरेको बताएका छन् । 
संसदमा दर्ता भयो शिक्षा विधेयक 
संसदमा दर्ता भयो शिक्षा विधेयक  प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक संघीय संसदमा दर्ता भएको छ ।
Weather Update