नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने
काठमाडौं— संविधान सभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने छ ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए । नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो । हृदयघात भएपछि बिहान उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० ०७:३४













