News Griha :: न्यूजगृह
सुवास नेम्वाङको पार्थिव शरीर भोलि बालुवाटारस्थित निवासमा राखिने

काठमाडौं— संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिने भएको छ।

बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा नेम्वाङको पार्थिव भोलि दिउँसो १ बजेसम्म राखिनेछ । बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिव विष्टले बताए ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो । हृदयघात भएपछि बिहान उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:५७
Weather Update