राष्ट्रिय झन्डा आधा झुकाइने
सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । बिहीबार सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १९:३९













