News Griha :: न्यूजगृह
सुवास नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति : माधव नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले लोकतन्त्र, कम्युनिस्ट र परिर्वतनको आन्दोलनमा ठूलो क्षति भएको बताएका छन् ।

मंगलबार नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । 

नेम्वाङ संविधान कार्यान्वयन र समझदारीको वातावरण सिर्जना गर्ने व्यक्ति भएको स्मरण गर्दै अध्यक्ष नेपालले नेम्वाङको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताए ।

उनले भने,‘संविधान निमार्ण गर्ने मात्रै होइन त्यसलाई कसरी कार्यान्वयन गरिन्छ त्यो कुरामा पनि उहाँको धेरै जोड थियो । समझदारीको वातावरण सिर्जना गनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । त्यसकारण पनि उहाँको निधनले लोकतन्त्र, कम्युनिस्ट र परिर्वतनको आन्दोलनप्रति ठूलो क्षति हो ।’

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:२२
Weather Update