स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
बाँके— सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाख रुपैयाँसहितसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेका भारत बहराइचका ३० वर्षीय इस्तियाक अहमदलाई मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरीके सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ।
भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीकालागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० ०६:१५