प्रस्तावित शिक्षा ऐन : शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनैपर्नेबिहीबार, भदौ २८, २०८०

कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना? बिहीबार, भदौ २८, २०८० जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको भइरहेको छ।

आज मोती जयन्ती, युवाकवि मोतीराम भट्टको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै बिहीबार, भदौ २८, २०८० नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती बिहीबार नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन बिहीबार, भदौ २८, २०८० शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा....

सुवास नेम्वाङको निधनमा आज शोक बिदा बिहीबार, भदौ २८, २०८० प्रतिनिधि सभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । सरकारको निर्णय अनुसार आज नेपालभरका सबै सरकारी कार्यालय बन्द रहने छन् भने विदेशस्थित नेपाली दूतावास र नियोगमा समेत बिदा हुनेछ र सबै सरकारी निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिँदै बिहीबार, भदौ २८, २०८० हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै छ । नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदासमेत दिएको छ । नेम्वाङको मंगलबार बिहान निधन भएको हो । हिन्दु र लिम्बू दुवै परम्पराअनुसार नै नेम्वाङको अन्त्येष्टि गरिने नेकपा एमालेले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले गर्यो उपत्यकाका ७ अस्पतालको अनुगमन, सबैमा लथालिङ्ग बुधबार, भदौ २७, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ७ वटा अस्पतालमा अनुगमन गरेको छ । सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले बुधबार अनुगमन गरेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै काठमाडौं महानगर बुधबार, भदौ २७, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ । कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको आकर्षणको केन्द्र बनाउने हो जहाँ राम्रा भनिने निजी विद्यालयले दिने शिक्षाको गुणस्तरभन्दा कम हुने छैन ।

प्रस्तावित शिक्षा ऐन : शिक्षकले बहुविवाह गर्न नपाइने बुधबार, भदौ २७, २०८० प्रस्तावित शिक्षा ऐन (विद्यालय शिक्षा विधेयक) विद्यालयमा पढाउने शिक्षकहरूले बहुविवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।
1688303615.jpg)
प्रस्तावित शिक्षा ऐनकाे विषयमा छलफल गर्न विद्यालय कर्मचारी परिषद्ले बाेलायाे बैठक बुधबार, भदौ २७, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बिहीबार प्रस्तावित शिक्षा ऐन (विद्यालय शिक्षा विधेयक) का विषयमा छलफल गर्ने भएको छ ।

जबरजस्ती करणी मुद्दामा सिद्धबाबालाई सफाइ बुधबार, भदौ २७, २०८० अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणी पोखरेलका अनुसार सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको हो ।

मोहनजंगमाथि रास्वपाले थाल्यो अनुसन्धान बुधबार, भदौ २७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको छ । पार्टीबाट बर्खास्तमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए ।

नेम्वाङको अन्त्येष्टि हिन्दु र लिम्बू दुबै परम्पराअनुसार हुने बुधबार, भदौ २७, २०८० हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि हिन्दु र लिम्बू दुबै परम्पराअनुसार हुने भएकोे छ । नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट बालुवाटारस्थित घरमा लगिएको छ। निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।









