News Griha :: न्यूजगृह
प्रस्तावित शिक्षा ऐन : शिक्षकले बहुविवाह गर्न नपाइने

काठमाडौं— प्रस्तावित शिक्षा ऐन (विद्यालय शिक्षा विधेयक) विद्यालयमा पढाउने शिक्षकहरूले बहुविवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा उक्त व्यवस्था राखिएको हो । ‘शिक्षकले बहुबिवाह गर्न हुँदैन,’ विधेयकमा भनिएको छ ।

विधेयकमा शिक्षकले विद्यार्थी र अरू कसैप्रति यौनजन्य दुर्व्यवहार गर्नु नहुने, विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक वा मानसिक यातना दिन नपाइने उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:००
Weather Update