संसदमा दर्ता भयो शिक्षा विधेयक

काठमाडौं— प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक संघीय संसदमा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा विधेयक संसदमा दर्ता भएको बताएका हुन् ।
मंगलबार सिंहदरबार पुगेको नेपाल शिक्षक महासंघको टोलीसँग शिक्षामन्त्री अशोक राईले शिक्षा विधेयक संसदमा दर्ता भएको जानकारी गराएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्षसमेत रहेका महासंघका पदेन सदस्य गगांराम तिवारीले शिक्षामन्त्रीले आफूहरूलाई शिक्षा विधेयक संसदमा दर्ता भएको जानकारी गराएको बताए ।
शिक्षा विधेयक दर्ता भएसँगै विद्यालय कर्मचारी र शिक्षकका समस्या समाधान हुनेमा आफूहरू विश्वस्त रहेको तिवारीले बताए ।
यसअघि सरकारले सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक ल्याउन लागेको भन्दै शिक्षक महासंघले आन्दोलन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १६:११
साताको लोकप्रिय