1688303615.jpg)
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बिहीबार प्रस्तावित शिक्षा ऐन (विद्यालय शिक्षा विधेयक) का विषयमा छलफल गर्ने भएको छ ।
संसदमा दर्ता भएको उक्त विधेयक विद्यालय कर्मचारीको मर्म र भावना विपरित भएकोले अब के कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्न भर्चुअल बैठक बोलाइएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।
उनले भने,‘सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको भावना विपरित विद्यालय शिक्षा विधेयक अघि बढिरहेको र विद्यालय कर्मचारी नेतृत्वको बारम्बारको भेटघाट तथा छलफल एवम् आन्दोलन र सहमतिलाई बेवास्ता गर्दै राज्य निर्मम र निकृष्ट ढंगबाट अघि बढिरहेको परिप्रेक्षमा भर्चुअल बैठकको माध्यमबाट छलफल गरी निर्णय गरी अघि बढ्नुको विकल्प नरहेको हुँदा राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु, प्रदेश अध्यक्षहरु तथा जिल्ला अध्यक्षहरुमा अनिवार्य सहभागिताका लागि हार्दिक अनुरोध छ ।’













